PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

५ करोड ६७ लाख हिनामिना गरी फरार रहेका एक सहकारीका प्रबन्धक पक्राउ



पहिलोपोस्ट

५ करोड ६७ लाख हिनामिना गरी फरार रहेका एक सहकारीका प्रबन्धक पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार उनलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमवार ललितपुर वडा नम्बर २३ धापाखेलबाट लुकीछिपी बसेको अवस्थामा प्रकाउ गरेको छ। ४४ वर्षीय खड्गीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

२०७० असार देखि २०७७ जेठ मसान्तसम्म संस्थामा कार्यरत रहँदा हर हिसाव तथा सहकारीको बैंक खाता सञ्चालनको सम्पुर्ण जिम्मा उनले लिएका थिए।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell