PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निषेधाज्ञामै कर असुल गर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग



पहिलोपोस्ट

निषेधाज्ञामै कर असुल गर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाडौँः नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले निषेधाज्ञाकै बीचमा कर तिर्न र नतिरेमा जरिवाना लिन सरकारको निर्णय सच्याउन माग गरेको छ। लामो समयको लकडाउन र जारी निषेधाज्ञाका कारण उद्योग व्यवसाय नै धरासायी भइरहेका बेला सरकारले लिएको नीति हठमात्र भएको विभागको भनाइ छ।

विभागका सचिव दीर्घमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘एकातिर महिनाभर आवागमनमा रोक लगाउने अर्कोतर्फ मसान्त सकिनै लाग्दा केबल कर उठाउनका लागि मात्रै यही भाद्र २३, २४ र २५ गते तीन दिन बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिँदै अन्यथा नियम अनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको ठहर कांग्रेसले गरेको छ।’

विभागले निषेधाज्ञा खुलेपछिको एक महिनाभित्र कर दाखिला गर्ने सम दिन पनि सरकारसँग माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell