PahiloPost

Jun 24, 2025 | १० असार २०८२

झुटो विवरण पेश गरेर नागरिकता लिने एक उद्योगी पक्राउ



रासस

झुटो विवरण पेश गरेर नागरिकता लिने एक उद्योगी पक्राउ

वागमती : झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएको आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटौँडामा पक्राउ गरिएको छ।

हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका उनलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को गर्दोईबाट पक्राउ गरेको हो।

जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। जिल्लाका नायब प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पठाइने जानकारी दिए। बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell