PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

क्रोएसियामाथि फ्रान्सको सहज जित



पहिलोपोस्ट

क्रोएसियामाथि फ्रान्सको सहज जित

युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको ग्रुप सी को खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सले ४-२ गोल अन्तरले जित निकालेको हो।

खेलमा क्रोएसियाले अग्रता बनाएको थियो। खेलको १६ औं मिनेटमा डेजेन लोभर्नले क्रोएसियालाई अग्रता दिलाएका थिए। तर एन्टोनी ग्रीजम्यानले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा पाएको आत्मघाती गोलले फ्रान्सलाई पहिलो हाफमा अग्रता दियो।

दोस्रो हाफमा जोसिप ब्रेकालोको गोलमा खेल फेरि बराबरीमा आयो। उनले ५५ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए। तर त्यसको १० मिनेटमा फ्रान्सले फेरि अग्रता बनायो। डायोट उपामेकानोले ६५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यस्तै ७७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ओलिभर जिराउडले गोल गर्दा फ्रान्सले क्रोएसियामाथि सहज जित निकाल्यो।

समूह सी मा फ्रान्स, क्रोएसिया, पोर्चुगल र स्वीडेन छन्। फ्रान्सले यसअघिको खेलमा स्वीडेनलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell