PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलमा स्वीडेनमाथि पोर्चुगलको जित



पहिलोपोस्ट

क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलमा स्वीडेनमाथि पोर्चुगलको जित

युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह सी को खेलमा क्रिस्टयानो रोनाल्डो प्रेरित पोर्चुगलले स्वीडेनलाई हराएको छ। फ्रेन्ड्स एरेना स्टेडियममा भएको खेलमा पोर्चुगलले घरेलु टोलीलाई २-० ले हराएको हो।

पोर्चुगलको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यो सँगै उनले पोर्चुगलबाट आफ्नो १०० औं गोल पनि पुरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय खेलमा १०० गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी समेत बनेका छन्। हिजोको खेलमा गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १०१ गोलसमेत पुरा गरेका छन्। समग्रमा उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी हुन्। इरानका अलि डेइले सर्वाधिक १०९ गोल गर्दा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सबैभन्दा माथि छन्।

खेलको ४४ औं मिनेटमा स्वीडेनका गुस्ताब सेभेन्सन रातो कार्ड खाँदै बाहिरिएका थिए। लगत्तै फ्रिकिक मार्फत रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

त्यस्तो दोस्रो हाफमा पनि रोनाल्डोले नै अर्को गोल थपेका थिए। पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा आफ्नो दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

समूह सी मा पोर्चुगलको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा पोर्चुगलले क्रोएसियालाई हराएको थियो। समूह सी मा पोर्चुगल, क्रोएसिया, फ्रान्स र स्वीडेन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell