PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौं : चितवनमा थप एक जना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ।

नवलपुर देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो। उनी भदौ १९ गते कोभिड संक्रमणसँगै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल, चितवनको आइसीयूमा भर्ना भएका थिए। उनलाई अस्पताल भर्ना हुनुभन्दा दुई दिनअघि (भदौ१७) गते नै कोभिड पोजेटिभ पुष्टि भइसकेको अस्पतालले जानकारी दिएको छ।

उनको डाइलासिस समेत गरिएको थियो। अस्पतालको कोभिड आइसीयूको भेन्टीलेटरमा राखेर उपचार भइरहेका पुरुषको मंगलवार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell