PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बेल्जियमको आइसल्याण्डमाथि फराकिलो जित, इङ्ग्ल्याण्ड बराबरीमा रोकियो



पहिलोपोस्ट

बेल्जियमको आइसल्याण्डमाथि फराकिलो जित, इङ्ग्ल्याण्ड बराबरीमा रोकियो

युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकालेको छ। किङ्ग बउडोइन स्टेडियममा भएको खेलमा घरेलु टोलीले फराकिलो जित निकालेको हो।

खेलमा अग्रता भने आइसल्याण्डले लिएको थियो। खेलेकव १० औं मिनेटमा होल्मबेर्ट फिरोजोनन्सनले आइसल्याण्डलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट भित्रै बेल्जियमले खेल बराबरीमा ल्यायो एलेक्स विटसेलको गोलमा। लगत्तै १७ औं मिनेटमा मिचि बात्सुइले गोल गर्दै बेल्जियमलाई अग्रता समेत दिलाए।

पहिलो हाफमा २-१ ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको ५० औं मिनेटमा ड्राइज मेर्टेन्सले गोल गरे भने बातसुइले नै ६९ मिनेटमा आफ्नो ब्यक्तिगत दोस्रो गोल समेत गरे। त्यस्तै ७९ मिनेटमा जेरेमी डोकुले गोल थप्दा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकाल्यो।

त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा इङ्ग्ल्याण्ड र डेनमार्क गोलरहित बराबरीमा रोकिए। पार्केन स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्ड घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकियो।

समूह बी मा इङ्ग्ल्याण्ड, डेनमार्क, बेल्जियम र आइसल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell