विराटनगरः १ नम्बर प्रदेशका प्रहरी प्रमुखलाई कोभिड १९ संक्रमण देखिएको छ।
डीआइजी इश्वरबाबु कार्कीलाई कोभिड १९ पोजेटिभ देखिएको हो। डीआइजी कार्कीले आफूलाई कोभिड संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएको प्रतिकृया दिएका छन्। उनी अहिले होम आइसोलेसनमा रहेका छन्।
यसअघि उनी कार्यारत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयमा एकैचोटी १९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। केही समय कार्यालय नै सिल समेत गर्नु परेको थियो। त्यस्तै केही दिन अघि गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी धनश्याम अर्याललाई पनि कोभिड पोजेटिभ देखिएको थियो। उनी पनि होम आइसोलेसनमा रहेका छन्।
अहिलेसम्म चार जना डीआइजी सहित २२ सयभन्दा बढी प्रहरीमा कोभिड १९ पोजेटिभ देखिसकेको छ।
