PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरोना भाइरस : सहभागीमा असर देखिए पछि रोकियो अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन ट्रायल



पहिलोपोस्ट

कोरोना भाइरस : सहभागीमा असर देखिए पछि रोकियो अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन ट्रायल
Reuters

अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्त रुपमा उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकिएको छ। मानव परीक्षणमा सहभागी एक बेलायती व्यक्तिमा भ्याक्सिनको असर देखिएपछि उक्त भ्याक्सिनको अन्तिम परीक्षण स्थगित गरिएको हो।

एस्ट्राजेनेकाका अनुसार असर देखिएको बिरामीको समस्या पहिचान भएको छैन। अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनप्रति विश्वभरका मानिस आशावादी थिए। पहिलो र दोस्रो चरणको मानव परीक्षण सफल भए पछि सोही भ्याक्सिन सबैभन्दा पहिले निस्कने अनुमान पनि विज्ञहरूको थियो।

'बृहत परीक्षणहरूमा सहभागी बिरामी हुने सम्भावना हुन्छ। त्यसैले यसबारे स्वतन्त्र रुपमा समीक्षा हुन आवश्यक छ', अक्सफोर्डका प्रवक्ताले बीबीसीसँग भने

अक्सफोर्डको भ्याक्सिन परीक्षण स्थगित भएको यो दोस्रो पटक हो।

तेस्रो चरणको परीक्षणमा बेलायत, ब्राजिल, साउथ अफ्रिकाका करिव ३० हजार मानिस सहभागी थिए। अन्तिम चरणमा हजारौं मानिसमा भ्याक्सिन जाँच गरिन्छ जसका लागि केही वर्ष लाग्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell