PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

भारतको बिहारसँग जोडिएको एउटा वडा जहाँ एकै दिन भेटिए २२ जना संक्रमित



राधेश्याम पटेल

भारतको बिहारसँग जोडिएको एउटा वडा जहाँ एकै दिन भेटिए २२ जना संक्रमित

वीरगंज : भारतीय सीमानासँग टाँसिएको नेपालको एक वडामा एकैदिन २२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। प्रदेश २ को रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वामा २२ जना संक्रमित भेटिएका हुन्।

नारायणी अस्पताल पीसीआर प्रयोगशालामा भएको २ सय ९० जनाको स्वाब परीक्षणमा ९ महिला र २८ पुरुष गरी कुल ३७ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। ४ वर्षदेखि ६७ वर्षसम्मका संक्रमितमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका छन्।

रौतहटका २२ जना एकै पालिकाको एकै वडाका हुन्। एकै पटक यति धेरैमा संक्रमण देखिएपछि वडालाई सिल गरिएको छ। संक्रमितको व्यवस्थापनका लागि गाउँपालिका तयारीमा जुटेको अध्यक्ष अरुण साहले बताए।

‘भारतको बसबिटा र मेजरगंजसँग टासिएको गाउँ हो बडहर्वा। सधै यहाँ सयौं मानिस भारतीय बजारमा समान किन्न ओहोरदोहोर गर्छन,’ दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष साहले भने, ‘हामीलाई पहिलेदेखि शंका लागेको थियो त्यसकारण हरेक घर एक पीसीआर परीक्षण गराउँदै अघि बढेकाछौं।’

रौतहटबाट मंगलवार आएको २ सय ६७ नमुना परीक्षण मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका कोभिडका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी गराए। रौतहटमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७ सय ३८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। जसमध्ये ५ जना कोभिड अस्पतालको आइसोलेशनमा, २५ जना सामुदायिक आइसोलशेनमा, ८ सय १० जना होम आइसोलशेनमा र २ सय ९२ जना होम क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

मंगलवार आएको नारायणी अस्पतालको रिपोर्ट अनुसार बाराका ९ जनामध्ये कलैया १९ नम्बर वडाका १ जना, ९ का १ जना, जितपुर सिमरा उपमहानगरपालिका वडा न. २ का १ जना, बारागढी गापाका १ जना, ईलाका प्रहरी कार्यालय बारागढीका १ जना, कोल्भी नगरपालिकाका ३ जना जनामा संक्रमण देखिएको हो। पर्साका ६ जनामा वीरगंज ११ का २ जना, २८ का १ जना, ३२ का १ जना, पटेर्वासुगौली ८ का १ जना र चैनपुर ८ पर्साका १ जना गरी ६ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell