PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोभिड-१९ विरुद्ध खोप ल्याउने होडमा ट्रम्प, बढ्यो सुरक्षाभन्दा राजनीतिलाई माथि राखिने त्रास



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध खोप ल्याउने होडमा ट्रम्प, बढ्यो सुरक्षाभन्दा राजनीतिलाई माथि राखिने त्रास
Reuters/Joshua

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभोम्बर ३ मा हुने निर्वाचन अघि अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुनुपर्ने बताएका छन्। उनको यस मन्तव्यमाथि टिका टिप्पणी भइरहेको छ। ट्रम्पले भ्याक्सिन ल्याउने होडमा सुरक्षाभन्दा माथि राजनीतिलाई राख्ने त्रास बढाएको बीबीसीमा जनाइएको छ

बुधवार भ्याक्सिन उत्पादनमा जुटेका ९ फरक समूहले खोपको खोजीमा 'वैज्ञानिक र नैतिक स्तर' कायम राख्न अपिल गरेका छन्। यी कम्पनीहरूले खोपको क्लिनिकल ट्रायल तेस्रो चरणमा पुगेपछि मात्र नियामक स्वीकृतिका लागि आवेदन दिने सहमती जनाएका छन्। भनेका छन्,'हाल हाम्रो प्राथमिकता मानिसहरूको सुरक्षा र हितको पक्षमा हुनेछ।'

एस्ट्राजेनेका, अक्सफोर्ड यूनिभर्सिटीसँग मिलेर भ्याक्सिन बनाइरहेको कम्पनीले पनि उक्त अपिलमा हस्ताक्षर गरेको छ।

त्यस्तै जोनसन एण्ड जोनसन, बायोटेक, ग्लाक्सो स्मिथक्लाइन, फाइजर, मर्क, मोडर्ना, सनोफी र नोभाभाक्स अन्य हस्ताक्षरकर्ता हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार करिव १ सय ८० वटा कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण भइरहेको छ। तीमध्ये कुनै पनि यस वर्ष भित्रमा निस्कने सम्भावना नरहेको समेत प्रष्ट पारेको छ।

इन्टरनेशनल फेडेरेसन अफ फार्माक्यूटिकल म्यानुफ्याक्चरर्सका निर्देशक थोमस क्यूनीले पनि यस वर्ष निस्कनका लागि खोपकहरूको मापदण्ड नपुग्ने बताएका छन्।

यसैबीच चीन र रसियाले भने त्यहीं बनेका खोपहरू सीमामा खटिएका सुरक्षाकर्मी एंव अन्य कामदारलाई दिन सुरु गरिसके।
अमेरिकी राष्ट्रिय नियामक, फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले भने खोपहरूको क्लिनिकल परीक्षणहरूको तेस्रो चरण पूरा हुनुअघि अनुमोदन गर्न सकिने सुझाव दिएको छ।

अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रले सरकारसँग राष्ट्रपति चुनावभन्दा दुई दिन अघिसम्म सम्भावित भ्याक्सिन वितरणको लागि अनुमति मागेको थियो। लगत्तै राष्ट्रपति ट्रम्पले खोप निस्कने संकेत दिए।

उनका प्रतिद्वन्द्वी जोय विडेनले भने ट्रम्पले वैज्ञानिकहरूको कुरा सुन्नु पर्ने तर्क राखे। खोप सार्वजनिक गर्ने प्रक्रिया पारदर्शी हुने आशा समेत व्यक्त गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell