PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सफल फिल्म दिएका निर्देशक छेतेन गुरुङ रहेनन्



पहिलोपोस्ट

सफल फिल्म दिएका निर्देशक छेतेन गुरुङ रहेनन्

काठमाडौं : फिल्म निर्देशक छेतेन गुरुङको निधन भएको छ। मेट्रो अस्पताल, महाराजगंजमा उपचारत् उनको मङ्गलवार राती निधन भएको हो।

दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन फिल्म निर्देशक एवं लेखक समेत हुन्।

उनी निर्देशित फिल्म 'प्रेम गीत ३' प्रदर्शनको तयारीमा छ। फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मले आधिकारिक फेसबुक पेजमार्फत् उनको मृत्युको जानकारी दिएको छ।

छेतेनको अन्तिम संस्कार बिहीवार हुनेछ।

'डमरुको डन्डी बियो'मार्फत् निर्देशन सुरु गरेका छेतेनले ‘नोभेम्बर रेन', 'क्लासिक', 'डायरी' 'ए मेरो हजुर ३’ जस्ता फिल्म लेखेका छन्। उनको निर्देशन रहने गरी फिल्म ‘हुतुतु’को घोषणा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell