वीरगंज : बारा प्रहरीले दुई साताअघि १६५ किलो लागुऔषध गाँजा कारमा छोडेर भाग्ने चालकलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलवार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षिय सनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
गत भदौ १५ गते कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुरमा विहान साढे ४ बजे सशस्त्र प्रहरीको चेकिङ देखेर चौधरी आफूले चलाएको प्रदेश ३ –१–०२२ च ८१३४ नम्बरको कार छोडेर भागेका थिए। उक्त कार चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएपछि बारा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।
