PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'कौन बनेगा करोडपति'मा यो पटक हुने छैनन् प्रत्यक्ष दर्शक, कस्तो असर पर्ला 'अडियन्स पोल'मा?



पहिलोपोस्ट

'कौन बनेगा करोडपति'मा यो पटक हुने छैनन् प्रत्यक्ष दर्शक, कस्तो असर पर्ला 'अडियन्स पोल'मा?

भारतीय रियालिटी सो 'कौन बनेगा करोडपति' (केबीसी)को नयाँ संस्करणमा प्रत्यक्ष दर्शक नहुने भएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निर्माण युनिटले सेटमा दर्शक जम्मा नगरेको हो।

दर्शकलाई सम्बोधन गर्दै कार्यक्रम प्रस्तोता अमिताभ बच्चन भन्थे : 'देवियो और सज्जनों, तालियो की गडगडाहट के साथ स्वागत किजिए...।' यो पटक उनी र प्रतियोगी मात्र पर्दामा देखिने बीबीसी हिन्दीले जनाएको छ

यसका कारण कार्यक्रमको लाइफलाइन 'अडियन्स पोल'मा असर पर्न सक्छ। त्यसैले लागि नयाँ फर्म्याट बनाएको बताइएको छ। तर, उक्त फर्म्याटबारे थप जानकारी दिइएको छैन।

सोमवारदेखि कार्यक्रमको छायाँकन सुरु भएको छ। छायाँकनका लागि नयाँ निर्देशिकाहरू बनेको जनाइएको छ।

यो कौन बनेगा करोडपतिको १२ औं संस्करण हो। यो पटकको ट्याग लाइन रहेको छ : 'जो भि हो सेटब्याकको जवाफ कमब्याक से दो।'

केबीसीका निर्देशक नितेश तिवारीले भने,'हामी सबैका लागि यो वर्ष चुनौतिपूर्ण छ। तर, यो वर्ष सिक्ने अवसर हो। कहिल्यै नसोचेको कुरा सिक्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell