PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

कोभिड महामारीमा वीरगंजमा संक्रमणबाट ४२ जना र आत्महत्याबाट ५८ जनाको मृत्यु



राधेश्याम पटेल

कोभिड महामारीमा वीरगंजमा संक्रमणबाट ४२ जना र आत्महत्याबाट ५८ जनाको मृत्यु

वीरगंज : कोभिड १९ को महामारी सुरु भएपछि जिल्लामा संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। त्यसैगरी महामारी अवधिमा आत्महत्याबाट ५८ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका अनुसार भदौ २३ गतेसम्म पर्सामा कोभिड १९ संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्युभन्दा बढी आत्महत्या भएको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ। जसमा महिलाको संख्या बढी छ। ३२ जना महिला तथा २६ जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लामा आत्महत्याको संख्या बढ्न थालेपछि सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।

हिजो रातीमात्रै पोखरिया नगरपालिकामा २ महिलाले आत्महत्या गरेको जिल्ला ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। आत्महत्या गर्नेहरु आर्थिक स्थिति कमजोर, घरपरिवारबाट अपहेलित, परिवारजनबाट हिंसा हुने, प्रेम सम्बन्ध, बहुबिवाह, श्रीमान विदेश कमाउन गएका बेला परपुरुषसँग सम्बन्ध लगायत कारण भएकाहरु हुने प्रहरीको अनुसन्धानले देखाउँछ।

महामारीमा लकडाउन र निषेधाज्ञाले एकै ठाउँमा बस्दा घरपरिवारमा दैनिक मनमुटाव हुने, झैझगडा हुने र त्यसले मानसिक तनाव दिने गरेको छ। साथै घरमा आवश्यक्ता अनुसारको लत्ताकपडा, खाद्यान्न तथा काम गर्न नपाएपछि आर्थिक अवस्था कमजोर भएकाहरु मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या जस्तो कदम उठाउने गरेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell