PahiloPost

May 14, 2024 | १ जेठ २०८१

स्वाब संकलनका लागि सूर्यविनायकमा 'घुम्ती बुथ'

स्वाब संकलनका लागि सूर्यविनायकमा 'घुम्ती बुथ'

अमित मचामसी/पहिलोपोस्ट


कोभिड-१९ संक्रमण बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि ‘घुम्ती स्वाब संकलन बुथ’ सञ्चालनमा ल्याएको छ। 

नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब संकलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए। 

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पुर्‍याएर स्वाब संकलन गर्दा कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोकथाममा सहयोग पुग्ने बताए।

नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्तिसहितको सहकार्यमा तीन दिनमा बुथ तयार भएको थियो। सोही बुथबाट पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब संकलन गरेको छ।

स्वाब संकलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, सामाजिक विकास शाखाका संयोजक थापा, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईसहितको ६  सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन्। नगरपालिकाले अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट ५६६ जनाको स्वाब संकलन गरिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell