बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आउँदा विमानस्थलमा हंगामा भएको छ। शिवसेना र करणी सेनाका कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गरेका छन्। प्रहरीले भीड तितरवितर पारेको छ।
कंगना हिमाञ्चलबाट चण्डीगढ हुँदै बुधवार दिउँसो मुम्बई विमानस्थलमा ओर्लिएकी हुन्। उनी आउने भएपछि शिवसेनाका कार्यकर्ता विरोध प्रदर्शन गर्न विमानस्थल पुगे भने करणी सेना उनको समर्थन तथा सुरक्षामा। दुबै संगठनका कार्यकर्ता मास्क विना कोभिड प्रोटोकल तोड्दै विमानस्थल पुगेका थिए। उनीहरुले आमने सामने भएर नाराबाजी गरेका थिए।
त्यसो त कंगनालाई शिवसेनाका नेता कार्यकर्ताले आरोपप्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कमाण्डोसहित ११ जना जवान रहनेगरी वाई श्रेणीको सुरक्षा दिएको छ। विमानस्थलमा सुरक्षा कमाण्डोले उनलाई रिसिभ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सञ्चारमाध्यमका अनुसार शिवसेना र करणी सेनासहित चार वटा संगठन पक्ष र विपक्षमा एयरपोर्ट पुगेका छन्।
शिवसेनाको नेतृत्वको महाराष्ट्र सरकारलाई कंगनाले सुशान्तसिंह राजपुत प्रकरणमा चुनौती दिएपछि शिवसेनाका नेता कार्यकर्ता उनीविरुद्ध उत्रिएका छन्। उनीहरुले मुम्बई नै नआउन धम्की दिएका थिए।
कंगना उच्च सुरक्षाका बीच आफ्नो निवास पुगेकी छन्।
#WATCH Actor #KanganaRanaut arrives at #Mumbai's Chhatrapati Shivaji Maharaj International Airport pic.twitter.com/p4Sc232kgT
— ANI (@ANI) September 9, 2020
Maharashtra: Members of Bhartiya Kamgar Sena gathered outside Chhatrapati Shivaji Maharaj International Airport as actor #KanganaRanaut arrived in Mumbai. (Earlier visuals) pic.twitter.com/NLzT8GCneF
— ANI (@ANI) September 9, 2020
