PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एक हजार ८१ संक्रमित थपिए, ६ जनाको कोरोनाले लियो ज्यान



पहिलोपोस्ट

एक हजार ८१ संक्रमित थपिए, ६ जनाको कोरोनाले लियो ज्यान

काठमाडौं : बुधवार १ हजार ८१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार १ सय ६७ जनाको पीसीआर गर्दा १ हजार ८१ जनालाई संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या १५ हजार २५ र जम्मा संक्रमित संख्या ४९ हजार २ सय १९ छ।

आज ६ जनाको निधन भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। जम्मा मृतक संख्या ३ सय १२ पुगेको छ।

बुधवार ९ सय १८ जनालाई संक्रमण निको भएसँगै संक्रमण निको हुनेको संख्या ३३ हजार ८ सय ८ सय ८२ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell