काठमाडौं : बुधवार ६ जनाको कोभिड-१९ कारण मृत्यु भएको छ। ३ महिला र ३ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय १२ जनाको संक्रमणका कारण निधन भएको छ।
कहाँ कहाँ भयो मृत्यु?
बुधवार काठमाडौंका ८३ वर्षका महिला र ६७ वर्षका पुरुषको निधन भएको छ। यस्तै कास्कीमा ७३ वर्षीया महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ।
अर्घाखाँचीमा ४२ वर्षका पुरुष, बाँकेका ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षका पुरुषको संक्रमणका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हाल मृत्युदर ०.६३ प्रतिशत रहेको छ।
बुधवार १ हजार ८१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ।
