PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको खुला चुनौती, 'आज मेरो घर तोडेको छस्, भोलि तेरो घमण्ड टुट्नेछ'



पहिलोपोस्ट

महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको खुला चुनौती, 'आज मेरो घर तोडेको छस्, भोलि तेरो घमण्ड टुट्नेछ'

बृहन्मुम्बई महानगरपालिकाले कंगना रनौतको घर रहेको भवनमा डोजर चलायो। बीएमसीले उक्त भवनको तल्लो तलाको शौचालय, पेटी, क्याबिन, पूजा कोठालगायत भाग अवैध ढंगले बनाएको भन्दै ती संरचना भत्काएको हो।

कंगनाले यस कार्यलाई 'प्रजातन्त्रको मृत्यु' भएको बताएकी छिन्। जसबारे श्रृंखलावद्ध ट्वीट समेत गरिरहेकी छिन्। आफ्नो घरको कुनै पनि संरचना अवैध वा गैरकानूनी नभएको दाबी गररहेकी छिन्।

यसैबीच उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव बाल ठाकरेलाई सार्वजनिक चुनौती दिएकी छिन्। एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्, 'उद्धव ठाकरे तँलाई के लाग्छ? तैले फिल्म माफियासँग मिलेर मेरो घर भत्काइस् अनि बद्ला लिइनस्? आज मेरो घर तोडेको छस्। भोलि तेरो घमण्ड टुट्छ। यो समयको खेल हो। याद गर् सधैं एकनास हुँदैन।'

कंगनाले मुम्बईलाई पाकिस्तानले ओगटेको कश्मीरको संज्ञा दिँदै आएकी छिन्। जसका कारण शिवसेना उनीप्रति रुष्‍ट छ। शिवसेना नेताहरु उनले महाराष्ट्रको अपमान गरेको बताउँदै आएका छन्। मुख्यमन्त्री शिवसेनाका अध्यक्ष हुन्। उनलाई लक्षित गर्दै अभिनेत्रीले भनेकी छिन्,'यो जुन क्रूरता र आतंक मसँग भयो, ठीक भयो। यसको केही अर्थ छ।'

पछिल्ला घटनाले आफूले कश्मीरमा रहेका मानिसहरूको अवस्था महसुस गरेको र अयोध्यासँगै कश्मीरमाथि पनि फिल्म बनाउने कंगनाले बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell