काठमाडौं : पछिल्लो २४ घण्टामा ५१ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ११ हजार १६७ नमुना परीक्षणका क्रममा ३३८ महिला र ७४३ पुरुषमा कोभिड -१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको संख्या ४९ हजार २९९ पुगेको छ।
जसमध्ये सक्रिय संक्रमित संख्या १५ हजार २५ रहेको छ। आज ६ जनाको निधन भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। जम्मा मृतक संख्या ३ सय १२ पुगेको छ।
बुधवार ९ सय १८ जनालाई संक्रमण निको भएसँगै संक्रमण निको हुनेको संख्या ३३ हजार ८ सय ८ सय ८२ छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ३६.४५ प्रतिशत काठमाडौं जिल्लाका रहेका छन्। काठमाडौं जिल्लामा १०४ महिला र २९० पुरुष गरी ३९४ जनामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्।
वाग्मती प्रदेशमा मात्र १८४ महिला र ३६७ पुरुष गरी ५५१ जना संक्रमित थप भएका छन्। जुन नेपालमा थप भएका संक्रमितको ५०.९७ प्रतिशत हो।
त्यस्तै प्रदेश २ मा ३८ महिला र १७३ पुरुष गरी २११ जनामा संक्रमण पहिचान भएको छ। जसमध्ये सबैभन्दा बढी सिराहामा ८१ र रौतहटमा ७० जना छन्। त्यस्तै प्रदेश १ मा ५९ महिला र १०१ पुरुष गरी १६० जना संक्रमित पहिचान भएका छन्। जसमध्ये मोरङका ७७ र सुनसरीका ५६ जना रहेका छन्।
प्रदेश ५मा ४२ महिला र ६३ पुरुष गरी १०५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी रुपन्देहीका ४२ जना छन्।
कर्णालीमा ९ महिला र १६ पुरुष गरी २५ जना, गण्डकी प्रदेशमा ६ महिला र १७ पुरुष गरी २३ जना, सुदुपश्चिममा ६ पुरुषमा संक्रमण पहिचान भएको छ।

