PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ



रासस

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

कास्की : प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधवार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पोखरा महानगरपालिका-१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
 
चूडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी हालसम्म फरार थिए। पेशाले ड्राइभर उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell