PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मोरङका ८० जनासहित प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए



फूलमाया पुरी

मोरङका ८० जनासहित प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा बुधवार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। बुधवार मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधवार विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष रहेका छन्। त्यस्तै, मोरङकै लेटाङमा १ महिला र ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १/१ पुरुष तथा ग्रामथानमा १ महिलामा पनि संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा १३ महिला र ९ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको छ। भोजपुरको षडानन्दमा १ महिला र ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला र २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता झापाको कमलगाउँपालिका र कनकाईमा १/१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला संक्रमित भएका छन्। त्यस्तै, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४१२ पुगेको छ। त्यस्तै, प्रदेश १ मा बुधवार ३६ जना डिस्चार्ज भएका छन्। बुधवार जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ। प्रदेश १ मा बुधवार १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल सम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell