PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जहाज खरीद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन



पहिलोपोस्ट

जहाज खरीद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।

आज मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्री भट्टराईले भने, ‘आन्तरिकतर्फ दुईवटा मात्र टुइनटर जहाज भएको र त्ससले माग धान्न नसेकेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउँदै तत्काल खरीद योजना अघि बढाउन निर्देशन दिनु भएको हो।

मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए। उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न पनि निर्देशन दिए। उनले एयरलाइन्सको स्थिति सुधारको लागि आआफ्नो विभागबाट तत्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरे। नेपाल एयरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशील घिमिरेलाई निर्देशन दिए।

खर्चकटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे। मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान एजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell