PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दैनिक एक लाख संक्रमितको नजिक भारत



पहिलोपोस्ट

दैनिक एक लाख संक्रमितको नजिक भारत

नयाँ दिल्ली : बुधवार भारतमा थप ९५ हजार ९ सय ५० जना कोभिड १९ का संक्रमित पहिचान भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतका राज्यहरुबाट हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्कका अनुसार भारत हरेक दिन १ लाख संक्रमित पहिचान हुने मुखैमा छ।

अमेरिकामा सबैभन्दा धेरै संख्यामा संक्रमित पहिचान हुँदा त्यो ८० हजारभन्दा तल नै थियो। तर, भारतले सबै रेकर्ड तोडिसकेको छ। ब्राजिललाई संक्रमित संख्यामा पछि पारेको भारतको कोभिड १९ को रफ्तार यही गतिमा कायम हुने हो भने पहिलो स्थानमा रहेको अमेरिकालाई दोस्रो स्थानमा पुर्‍याउने छ।

भारतमा अहिलेसम्म ४४ लाख ६० हजार भन्दा धेरै संक्रमित संख्या पुगिसकेकव छ। बुधवारमात्रै १ हजार १ सय ५२ जना संक्रमितको भारतमा मृत्यु भयो। यससँगै भारतमा मृत्यु हुने संक्रमितको संख्या ७५ हजार ६२ पुगेको छ। संक्रमितको संख्यामा भारत अमेरिकाभन्दा पछाडि छ भने धेरै मृत्यु हुने मुलुकको सूचीमा ब्राजिलभन्दा पछाडि। अमेरिकामा १ लाख ९४ हजार कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ भने ब्राजिलमा १ लाख २८ हजार भन्दा धेरैको।

बुधवार लाख नजिकै संक्रमित संख्या पहिचान हुँदा सबैभन्दा धेरै पहिचान चाहिँ महाराष्ट्रमा भयो। त्यहाँ २४ घन्टामा २३ हजार ५ सय ७७ जना नयाँ संक्रमित पहिचान भए। आन्द्र प्रदेशमा १० हजार ४ सय १८ जनामा संक्रमण देखियो भने कर्नाटकमा ९ हजार ५ सय ४० जनामा। एकै दिन महाराष्ट्रमा ३ सय ८० जना र कर्नाटकमा १ सय २८ जनाले ज्यान गुमाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell