काठमाडौं : चितवनमा थप १४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ।
बुधवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप १४ जनामा पोजेटिभ देखिएको हो। बुधवार रातिसम्म थप ३ सय १९ नमुना परीक्षण भएको थियो।
यसरी संक्रमित देखिनेमा भरतपुर महानगरपालिका १३ जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन्। संक्रमितमध्ये ७ जना महिला रहेका छन्।
