PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कंगना रनौतमाथि महाराष्ट्र सरकारको अर्को एक्सन



पहिलोपोस्ट

कंगना रनौतमाथि महाराष्ट्र सरकारको अर्को एक्सन

बलिउड अभिनेत्री कंगना रनौतको घरमा डोजर लगाएको महाराष्ट्र सरकारले उनीमाथि अर्को एक्सन लिएको छ।

सुशान्तसिंह राजपुत प्रकरणमा कंगना र शिवसेनाबीच आरोपप्रत्यारोप चलिरहेका बेला शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्वमा रहेको महाराष्ट्र सरकारले कंगनाको ड्रग्स कनेक्सनबारे जाँच सुरु गरेको हो।

यसअघि महाराष्ट्र सरकारले बृहन्मुम्बई महानगरपालिकामार्फत कंगनाको घर रहेको भवनमा डोजर चलाएको थियो। बीएमसीले उक्त भवनको तल्लो तलाको शौचालय, पेटी, क्याबिन, पूजा कोठालगायत भाग अवैध ढंगले बनाएको भन्दै ती संरचना भत्कायो। यो घटनालाई कंगनाले प्रजातन्त्रको मृत्यु भन्दै महाराष्ट्रका मुख्यमन्त्री ठाकरेलाई खुला चुनौती दिएकी थिइन्।

अब सन् २०१६ को पुरानो अन्तर्वार्तालाई लिएर महाराष्ट्र सरकारले कंगनामाथि ड्रग्स कनेक्शनको जाँच शुरू गरेको हो। कलाकार अध्ययन सुमनको पुरानो अन्तर्वार्ताका आधारमा कंगनामाथि जाँच हुन लागेको हो। सुमनले यसमा आफूलाई नमुछ्न आग्रह गरिसकेका छन्।

शिवनेता नेता सुनील प्रभु र प्रतापले कंगनामाथि छानविनको माग गर्दै सुमनको पुरानो अन्तर्वार्ताको कपी महाराष्ट्र सरकारलाई बुझाएका छन्।  त्यतिबेला सुमनले कंगनामाथि ड्रग्स सेवन गरेको र आफूलाई पनि जबरजस्ती सेवन गराएको आरोप लगाएका थिए। यो आरोपमा आधारित अन्तर्वार्ताका आधारमा ठाकरे सरकारले जाँच सुरु गरेको हो।

महाराष्ट्र कांग्रेसले पनि कंगनासँग जोडिएको ड्रग कनेक्सनको जाँच गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell