PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एसिड आक्रमणका पीडितसँग छलफल गर्दै प्रधानमन्त्री ओली



पहिलोपोस्ट

एसिड आक्रमणका पीडितसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुसँग छलफल गर्दैछन्। अहिले ११ बजेका लागि छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

‘उपलब्ध हुने जति पीडितलाई बोलाइएको छ, थापाले भने।

प्रधानमन्त्री ओलीले गत भदौ १६ गते एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनसँग भेट गरेका थिए।

मुस्कानसँगै बालुवाटार पुगेका अभियन्ताहरुले एसिड आक्रमणका दोषी उम्किन नदिन पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेका थिए। उनीहरुले एसिड आक्रमणकारीलाई फाँसीको सजाय प्रावधान ल्याउन पनि माग गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell