इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२० सिजनको एन्थमलाई चोरीको आरोप लागेको छ। उसै पनि यसपटक कोरोनाका कारण ‘न्यु नर्मल’ मा हुन लागिरहेको आइपीएल चर्चा र विवादमा छ। कहिले स्थगित हुने, कहिले नयाँ मिति तोक्ने, टाइटल स्पोन्सरको विवाददेखि सम्पूर्ण खेल युएईमा हुने र बायो बबल बनाउनेलगायतका विषयमा आइपीएल चर्चामा छ।
Hey guys, @IPL has plagiarised my song “Dekh Kaun Aaya Waapas” and created “Aayenge Hum Wapas” as this years anthem without credit or consent. I request my fellow artists and friends on twitter to RT this tweet for awareness, they can not get away with this. @DisneyPlusHS https://t.co/GDNFeyhXR5
— KR$NA (@realkrsna) September 7, 2020
यसैबीच आइपीएल २०२० को एन्थम ‘आएङ्गे हम वापस’ लाई चोरीको आरोप लागेको छ। खाली स्टेडियममा नयाँ माहोलमा हुन लागेको आइपिएलको सन्दर्भमा रहेको एन्थमलाई एकजना ट्वीटर युजरले आफ्नो र्याप चोरेको आरोप लगाएका हुन्।
उनले आफ्नो ‘देख कौन आया वापस’ को म्युजिकलाई बिना कुनै सल्लाह र क्रेडिट चोरी गरेको दाबी गरेका हुन्। कृष्णाको उक्त गीत सन् २०१७ को हो। अहिले आइपिएलले ल्याएको एन्थम उनको पुरानो गीतको म्युजिक भएको उनको आरोप छ।
आइपिएलले २०२० को एन्थम आइतवार लञ्च गरेको थियो।
