काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ६२ वर्षका एक पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
अस्पतालमा १८ गते स्वासप्रस्वास सम्बन्धि जटिल समस्या भई भाइरल निमोनिया तथा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडएस) को अवस्थामा भर्ना भएको र उनमा २२ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनलाई रेमडिसिभिर थेरापीबाट उपचार भइरहेको थियो। उपचारका क्रममा बिहीवार १२:२० बजे मृत्यु भएको डाक्टर लम्सालले जानकारी दिए।
चितवन मेडिकल कलेजले पछिल्लो समय कोभिड-१९ संक्रमितको उपचारका लागि प्रभावकारी मानिएको रेमडिसिभिर थेरापीबाट संक्रमितको उपचार गर्दै आएको छ।
