PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सुनसरीका २३ र संखुवासभाका २२ जनासहित प्रदेश १ मा ८६ जना संक्रमित थपिए



फूलमाया पुरी

सुनसरीका २३ र संखुवासभाका २२ जनासहित प्रदेश १ मा ८६ जना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन्।

आज सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६ जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २/२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ८ महिला र ६ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष तथा धरान र बर्जुमा १र१ पुरुष संक्रमित थपिएका छन्।

त्यस्तै, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा पनि आज संक्रमण देखिएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा २ महिला र ४ पुरुष, रतुवामाईमा ३ महिला र २ पुरुष, पथरीशनिश्चरेमा १ महिला र १ पुरुष, कटहरी र सुनबर्षीमा १/१ पुरुष र रंगेलीमा १ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता झापाको शिवसताक्षीमा २ महिला र ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १/१ पुरुष, दमकमा १ महिला तथा स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १/१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको छ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

यससँगै प्रदेश १ मा हालसम्म १ लाख ४ हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell