PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कोभिड-१९ अपडेट: ५३ जिल्लामा थपिए १२४६ संक्रमित, काठमाडौं जिल्लामा मात्र ४० प्रतिशत



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: ५३ जिल्लामा थपिए १२४६ संक्रमित, काठमाडौं जिल्लामा मात्र ४० प्रतिशत

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट भएको ११ हजार १४४ नमुना परीक्षणका क्रममा ४०२ महिला र ८४६ पुरुष गरी एक हजार २४६ जना संक्रमित पहिचान भएका हुन्।

योसँगै नेपालमा संक्रमित संख्या ५० हजार नाघेको छ। नेपालमा हालसम्म ५० हजार ४ सय ६५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हाल सक्रिय संक्रमित १४ हजार ६ सय ४८ जना छन्। बिहीवार ५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमा हालसम्म ३१७ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ६७२ जना छन्। जुन संक्रमण पुष्टि भएको छ। जुन देशभर थपिएका नयाँ संक्रमितको ५३.९३ प्रतिशत हो।

त्यस्तै प्रदेश ५ मा पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित पहिचान भएका छन्।

त्यस्तै प्रदेश २ मा ३३ महिला र १०२ पुरुष गरी १३५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा २२ महिलार ६२ पुरुषमा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा २२ महिला ३७पुरुष, सुदूरपश्चिम प्रदेशमा ७ महिला १७ पुरुष र  कर्णाली प्रदेशमा २ महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंमा हालसम्मकै सबैभन्दा धेरै ४९५ जनामा संक्रमण पुष्टि भएको छ। जुन पछिल्लो २४ घण्टामा नेपालमा पुष्टि भएका कुल संक्रमितको ३९.७२ प्रतिशत हो। काठमाडौंमा १४७ महिला र ३४८ पुरुषमा संक्रमण पुष्टि भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell