PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

३७ जना प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ६७ जना



एम बम

३७ जना प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ६७ जना

कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकामध्ये ३७ जना प्रहरी रहेको छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार सबै संक्रमित प्रहरी सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्। यसअघि बुधवार गणमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ।

धनगढीमा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको हो। प्रहरी बाहेक कैलालीको गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एक जना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुनर्वासमा दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। ६१ जनाको कोरोना परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

डडेलधुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेलधुरा अस्पतालले जनाएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell