PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सन्तानको आयु वृद्धिको कामनासहित जितिया पर्वको कठोर व्रत बस्दै मिथिलानी

सन्तानको आयु वृद्धिको कामनासहित जितिया पर्वको कठोर व्रत बस्दै मिथिलानी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मिथिलाका नारीहरु (मिथिलानी)को महान पर्व जितियाको व्रत गए रातिदेखि शुरू भयो। सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित जितिया पर्वको कठोर व्रत बस्ने गरिन्छ।

जितिया व्रतमा थुक पनि निल्न नहुने विश्वास भएकाले यसलाई कठोर व्रत मानिएको हो। गएराति अष्टमीको प्रवेशपछि शुरू भएको यो व्रत शुक्रवार ६ बजेपछि मात्रै सकिनेछ।

जितियाको व्रत बसी पूजा गर्नाले सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ। यो मैथिल संस्कृतिको एक महत्वपूर्ण पर्व हो।

वसन्तपुरमा पनि आज जितियाको व्रत बस्ने महिलाहरुले पूजाआजा गरेको देख्न सकिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell