PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सिपिएलको उपाधि ट्रिनबागो नाइटराइडर्सलाई



पहिलोपोस्ट

सिपिएलको उपाधि ट्रिनबागो नाइटराइडर्सलाई

क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइटराइडर्सले जितेको छ। गएराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइटराइडर्सले उपाधि जितेको हो।

टसहारेर ब्याटिङमा उत्रिएको सेन्ट लुसिया १९.१ ओभरमा १५४ रन बनाउँदै अलआउट भएको थियो। जसका लागि आन्द्रे फ्लेटरले सर्वाधिक ३९ रन बनाउँदा मार्क डेयलले २९, निजाबुल्ला जदर्नले २४, रोस्टोन चेजले २२ रन बनाए।

ट्रिनबागोका लागि किइरोन पोलार्डले सर्वाधिक ४ विकेट लिँदा अलि खान र फवद अहमेदले समान २/२ विकेट तथा अकिल हुसैनले १ विकेट लिए।

१५५ रनको चुनौती लिएर जवाफी ब्याटिङमा उत्रिएको ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। जसका लागि लेन्डल् सिमोन्सले सर्वाधिक अभिजित ८४ रन बनाउँदा डरेन ब्राभोले अभिजित ५८ रन बनाए।

यो सँगै ट्रिनबागो नाइट राइडर्सले चौथो पटक सिपिएलको उपाधि जितेको छ। यससिजन त कुनै पनि खेलमा पराजय नब्यहोरी उपाधि जितेको हो। सिपिएलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज सेमिफाइनलबाट बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell