PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चितवनमा १ सय २१ वटा नमुना परीक्षण गर्दा ३५ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा १ सय २१ वटा नमुना परीक्षण गर्दा ३५ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : चितवनमा थप ३५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

बिहीवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको हो। १ सय ५६ वटा नमुना परीक्षण मध्ये १ सय २१ वटा भने नेगेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका मध्ये ३१ जना भरतपुर महानगरपालिकाका रहेका छन्। जसमा ५ जना महिला समेत छन्। त्यस्तै बाँकी भने नवलपुर गौंडाकोट र पर्सा ठोरीका रहेका छन्। अहिलेसम्म देशभर कोरोना संक्रमितको सङख्या ५० हजार नाघिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell