PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पीएसजीले पराजय भोग्दै सुरु गर्‍यो नयाँ सिजन



पहिलोपोस्ट

पीएसजीले पराजय भोग्दै सुरु गर्‍यो नयाँ सिजन

फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यो सिजन पराजयबाट सुरु गरेको छ। गएराति भएको भएको खेलमा लेन्ससँग १-० ले पराजित पीएसजीले सिजनको पहिलो खेलमै पराजय भोगेको हो।

च्याम्पियन्स लिग पछि पीसजीका किलयन एम्बाप्पे लगायतका सात जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि लेन्सविरुद्धको खेल हुने नहुने अन्योलका बीच खेलाइएको थियो। जसको प्रत्यक्ष फाइदा लेन्सलाई मिल्यो र इग्नाटियुस गनागोले ५७ औं मिनेटमा निर्णायक गोल गर्दै लेन्सलाई जित दिलाए।

खेल स्टेडियममा पाँच हजार दर्शकका बीच भएको थियो।

खेलमा नेइमार, एम्बाप्पे, एन्जेल डि मारिया, मौरो इकार्डी लगायतका च्याम्पियन्स लिगमा खेलेका मुख्य खेलाडीहरु कोरोना संक्रमणका कारण समावेश थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell