काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोभिड १९ परीक्षणमा ५६ जनामा पोजेटिभ देखिएको छ। ३ सय ७० जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा अहिलेसम्म ४८ हजार २४ जनाको परीक्षण भएको छ। त्यसमा पहिचान भएका संक्रमितको संख्या २ हजार ५९ पुगेको छ।
