PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ



फूलमाया पुरी

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ

विराटनगर: प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ।

मन्त्री घिमिरेलाई कोरोना लक्षण देखिएपछि होम आइसोलेसनमा बसी परीक्षण गर्दा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएका घिमिरेको करिब दुई सातापछि बिहीवार गरिएको पीसीआर परीक्षण रिपोर्टमा आज पुन : पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुन : परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनायो। रुघाखोकी, जिउ दुख्नेबाहेक पखला, टाउको दुख्ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए।

बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनु अघिदेखि नै उनलाई कोरोना भाइरसका सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell