बलिउड अभिनेत्री कंगना रनौतले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको मौनतामाथि प्रश्न गरेकी छन्। आफूमाथि महाराष्ट्र सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारमा सोनिया मौन रहेपछि कंगनाले प्रश्न उठाएकी हुन्।
महाराष्ट्र सरकार र कंगनाबीच विवाद हुँदै गर्दा बीएमसीले अवैध संरचना बनाएको भन्दै कंगनाको कार्यालय तोडफोड गरेको छ। त्यसपछि विवाद उत्कर्षमा छ। यसक्रममा धेरैले कंगनालाई सपोर्ट गरिरहेका छन्। तर महाराष्ट्रमा शिवसेना र कांग्रेस आईको संयुक्त सरकार छ। शिवसेनासँगै कांग्रेस पनि कंगनाविरुद्ध देखिएको छ।
यस्तोमा कंगनाले कांग्रेस आईकी राष्ट्रिय अध्यक्ष सोनियालाई एक महिला भएर आफूमाथि भएको अन्यायमा नबोलेको भन्दै आलोचना गरेकी छन्। ट्वीटरमा कंगनाले लेखेकी छन्, ‘सोनियाजी एक महिला भएको नाताले के जुन तरिकाले तपाईको महाराष्ट्र सरकारले म सँग व्यवहार गरेको छ, त्यसबाट तपाई दु:खी हुनुहुन्न? के तपाई डा. अम्बेडकरद्वारा लिखित संविधानका सिद्धान्तलाई पालना गर्नका लागि आफ्नो सरकारलाई अनुरोध गर्न सक्नुहुन्न?’
कंगनाले अगाडि लेखेकी छिन्, ‘पश्चिममा हुर्किएर आज भारतमा रहनुहुन्छ। तपाईलाई महिलाहरुको संघर्षको जानकारी होला। तर, जब तपाईकै आफ्नै सरकार महिलाहरुको उत्पीडन गरिरहेको छ र कानून-व्यवस्थाको मजाक उडाइरहेको छ। तब इतिहासले तपाईंको मौनतामा न्याय गर्नेछ। मलाई आशा छ कि तपाईं यो मामिलामा हस्तक्षेप गर्नुहुनेछ।’
You have grown up in the west and lived here in India. You may be aware of the struggles of women. History will judge your silence and indifference when your own Government is harassing women and ensuring a total mockery of law and order. I hope you will intervene 🙏@INCIndia
— Kangana Ranaut (@KanganaTeam) September 11, 2020
