PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

स्थायी कमिटीमा एकछिन बसेर निस्किए ओली



कुञ्जरमणि भट्टराई

स्थायी कमिटीमा एकछिन बसेर निस्किए ओली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ। आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

यद्यपि बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्। बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ। प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ। उक्त प्रस्ताव बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।

असार १० गतेदेखि सुरु भएको बैठक शुक्रवार नै टुंग्याउने तयारी छ। कोभिड-१९ का कारण बैठक लम्बायाउन नसकिने भएकाले नै अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सदस्यहरुलाई सुझाव दिन बुधवार नै पठाइएको नेताहरु बताउछन्।

प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय भने समेटिएको छैन। प्रस्तावमाथि नेता नेपालको असन्तुष्टि कायम नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell