PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कोरोना पुष्टि भएको केहीबेरमै ४४ वर्षे महिलाको गयो ज्यान



फूलमाया पुरी

कोरोना पुष्टि भएको केहीबेरमै ४४ वर्षे महिलाको गयो ज्यान

विराटनगर : विराटनगरमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देलले जानकारी दिए।

उनकाअनुसार विराटनगर महानगरपालिका वडा नम्बर १९ की ४४ वर्षीया महिलाको बिहीवार साँझ ७:१० बजे मृत्यु भएको हो।

ती मृतक महिला ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। उनमा उच्च रक्तचाप, हाइपोथाइरायडिज्ज र मोटोपना जस्ता दीर्घ रोगका कारण उपचारका लागि कोशी अस्पतालमा आएकी थिइन्।

बिहीवार दिउँसो १:३० बजे कोशी अस्पताल आइपुगेकी उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले बताए।

प्रवक्ता डा.यादवका अनुसार कोरोना संक्रमणको लक्षण देखिएकाले उनलाई तत्काल आइसोलेसनमा भर्ना गरी उनको स्वाब परीक्षण गरिएको थियो।

साँझ करिब ६:३० बजे उनको पीसीआर रिपोर्ट पोजेटिभ आयो र कोरोना संक्रमण पुष्टि भयो।

त्यसबेलासम्म उनमा अक्सिजनको मात्र अत्यन्तै कम भएकाले अक्सिजन दिइएको थियो। संक्रमण पुष्टि भएपछि अक्सिजनसहित साँझ ६:४५ बजे कोभिड उपचार केन्द्र पुर्‍याइएको थियो।

‘अस्पताल आइपुग्दा नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो प्रवक्ता डा. यादवले भने उहाँको शरीरमा अक्सिजनको मात्रा १५ प्रतिशत मात्र थियो, त्यसैले हामीले तत्काल आइसोलेसनमा राखी स्वाब संकलन गरेका थियौं।

‘यहाँ हामीले उपचार गरिरहेका थियौं र रिपोर्ट आएपछि अक्सिजन लगाएरै तत्काल हामीले कोभिड उपचार केन्द्र पठाएका थियौं,’ उनले थपे।

कोशी अस्पतालमा उपचारका क्रममा ७० देखि ८० प्रतिशत अक्सिजनको मात्रा पुगेको र संक्रमण पुष्टि भएपछि त्यसको मात्रा घटेको डा.यादवको भनाई छ।

‘यहाँ कोशी अस्पतालबाट कोभिड उपचार केन्द्रमा पुग्दा अक्सिजनको मात्र ३० प्रतिशतमा झरिसकेको थियो,’ उनले भने।

बिहीवार राति नै सेनाले उनको शव व्यवस्थापन गरिएको यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell