PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

फुटपाथ पसल तथा ठेला व्यापार रोक लगाउन उपमेयर खड्गीको माग



पहिलोपोस्ट

फुटपाथ पसल तथा ठेला व्यापार रोक लगाउन उपमेयर खड्गीको माग

काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेकी छिन्।

शुक्रवार उपप्रमुख खड्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानकर्षण पत्र बुझाउँदै ठेला र फुटपाथको पसलाई  पूर्ण निषेधाज्ञा लगाउनु पर्ने माग राखेकी हुन्।

भदौ २४ गते काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै ठेला तथा फुटपाथ पसललाई संचालन गर्न दिने निर्णय गरेको थियो। तर यस्ता प्रकृतिका पसललाई संचालनमा ल्याउँदा कोरोना संक्रमण फैलिने र कन्ट्रायक्ट ट्रेसिङमा समस्या देखिने भन्दै रोक लगाउनु पर्ने माग सहितको ध्यानकार्षण पत्र उपमेयरले सीडीओलाई बुझाएकी हुन्।

पत्रमा भनिएको छ, 'यस प्रकारको व्यापारमा सहभागी हुनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरुको अबलम्बन गर्न सक्ने न्युन सम्भावना र सो को प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने तथा त्यस्ता व्यापारीहरुमा सङ्क्रमण देखिएमा प्रभावकारी ढङ्गले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने एवं फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीति रहेको अवस्था समेतलाई मध्यनजर गरी उक्त बुँदामा रहेको फुटपाथ पसल तथा ठेला व्यापार' भन्ने बाक्यांश हटाइ वा त्यस्तो व्यापारमा पूर्ण प्रतिबन्ध लाग्ने गरी पनः आदेश जारी गर्न अनुरोध गर्दछौं।'

२४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको १० नम्बर बुँदामा फुटपाथ पसल,ठेला व्यापार,स्टेशनरी पसल,इलेक्ट्रिक पसलहरु र डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्म र बलेका ४ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell