PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

युएसओपनको सेमिफाइनलबाट बाहिरिइन सेरेना, फाइनलमा ओसाका र अजारेन्का भिड्ने



पहिलोपोस्ट

युएसओपनको सेमिफाइनलबाट बाहिरिइन सेरेना, फाइनलमा ओसाका र अजारेन्का भिड्ने

युएसओपन टेनिसको सेमिफाइनल अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा सेरेना विलियम्स बाहिरिएकी छिन्। उनलाई बेलारुसकी भिक्टोरिया अजारेन्काले १-६, ६-३ र ६-३ ले हराउँदै फाइनलको यात्रा तय गरेकी हुन्।

अजारेन्काले फाइनलमा जापानी खेलाडी नाओमी ओसाकासँग भिड्नेछिन्। अजारेन्काले सन् २०१३ पछि युएसओपनको फाइनलमा स्थान बनाएकी हुन्। अर्कोतर्फ ११ पटक अमेरिकी ओपनको फाइनल खेलेकी सेरेनाले सन् २०१८ र १९ मा लगातार २ पटक फाइनल खेलेकी थिइन्।

अराञ्जेकाले सन् २०१२ र १३ मा अस्ट्रेलिया ओपन जितेकी थिइन्। त्यतिबेला युएस ओपनमा पनि उनी फाइनलमा पुगेकी थिइन्। तर त्यतिबेला उनले दुबै खेल सेरेना विलियम्ससँग हारेकी थिइन्।

अर्को सेमिफाइनलको खेलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्रेड्डीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्। उनले ७-६(१), ३-६, ६-३ ले जित निकाल्दै फाइनलको यात्रा तय गरेकी थिइन्। ओसाकाले सन् २०१८ मा युएसओपनको उपाधि जितेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell