PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नवलपरासीका कोभिड-१९ संक्रमितको बुटवलमा मृत्यु



पहिलोपोस्ट

नवलपरासीका कोभिड-१९ संक्रमितको बुटवलमा मृत्यु

काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षका पुरुषको उपचारका क्रममा शुक्रवार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ १९ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अथायी अस्पताल धागो कारखानाको सघन उपचार कक्षमा भर्ना भएका उनमा उच्च ज्वरोसहित मधुमेह, उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ। हालसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा १५ जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell