PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चोरी अभियोगमा पक्राउ परेका किशोर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए



पहिलोपोस्ट

चोरी अभियोगमा पक्राउ परेका किशोर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए

कैलालीः चोरी अभियोगमा पक्राउ परेका एक जना हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा धनगढी उपमहानगरपालिका –१ का १९ वर्षीय रोशन विकलाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले भने विकले आत्महत्या गरेको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले आत्महत्या गरेको बताए। विकलाई भदौ २२ गते चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell