PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेकपा स्थायी कमिटी : ९ सदस्य बोले, अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको असन्तुष्टि



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी : ९ सदस्य बोले, अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको असन्तुष्टि

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ९ जना सदस्यले आफ्नो धारणा राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजीपन्त लगायतले आ-आफ्नो धारणा राखिसकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

बैठकमा वरिष्ठ नेता नेपालले आफ्नो कुरा सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। नेपालले १८ गते बसेको सचिवालय बैठकमा पनि कार्यदलले बुझाएको प्रतिवेदनमै १५ बुँदे असहमति राखेका थिए।

अध्यक्षद्वयले परिमार्जनसहित आज बैठकमा प्रस्तुत गरेको प्रस्तावमा आफ्ना कुरा समावेश नगरेको र विषय कार्यान्वयन नभएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell