PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

‘मार्क सिट’ विद्यार्थीका लागि ‘प्रेसर सिट’ अभिभावकका लागि ‘प्रेस्टिज सिट’ बनेको छ, यसलाई हटाउनुपर्छ : नरेन्द्र मोदी



पहिलोपोस्ट

‘मार्क सिट’ विद्यार्थीका लागि ‘प्रेसर सिट’ अभिभावकका लागि ‘प्रेस्टिज सिट’ बनेको छ, यसलाई हटाउनुपर्छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मार्क सिट’ विद्यार्थीका लागि प्रेसर सिट र अभिभावकका लागि प्रेस्टिज सिट बनेको भन्दै यसलाई हटाउनु पर्ने बताएका छन्। आज २१ औं शताब्दीको शिक्षा विषयमा भारतका शिक्षकहरुसँग भर्चुअल कुराकानी गर्दै मोदीले नयाँ शिक्षा नीति भारतको नयाँ आशा र आवश्यकताको पूर्तिको माध्यम भएको भन्दै पछिल्ला वर्षहरुमा धेरै मेहनत गरिरहेको बताए।

‘विद्यार्थीहरुका लागि मार्कसिट प्रेसरसिट र परिवारका लागि प्रेस्टिज सिट बनेको छ। राष्ट्रिय शिक्षा नीतिलाई यो दबावलाई हटाउनु पर्छ,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘सिकाइको जुन सुकै तरिका किन नहोस्, सिकाउने शिक्षकले नै हो। हवाइ जहाज जति नै एडभान्स भए पनि उडाउने पाइलटले नै हो। त्यसैले शिक्षकले केही नयाँ कुरा सिक्नुपर्छ र केही पुराना कुरा भुल्नु पनि पर्छ।’

विद्यार्थीहरुले हरेक व्यवहार र बाहिरी कुराबाट विद्यार्थीहरुले सिकिरहेको हुनाले प्राप्तंकमा मात्र केन्द्रीत हुन नहुने दोहोर्‍याएका छन्।

‘परीक्षा यसरी गरियोस् कि विद्यार्थीहरुलाई अनावश्यक दबाव नहोस। कोशिष यो हुनु पर्छ कि एउटा परीक्षाले विद्यार्थीको सबै मुल्याङ्कन नहोस्,’ उनले भनेका छन्, ‘सिक्न त बच्चाले खेल्दा खेल्दै, परिवारले कुरा गर्दागर्दै, बाहिर घुम्नजाँदा पनि सिकिरहेकै हुन्छन्। तर, प्राय अभिभावकले आफ्नो बच्चालाई के सिक्यौ? भन्दा पनि कति माक्स आयो भनेर सोध्ने गरेका हुन्छन्। सबै कुरा त्यहीँ आएर रोकिन्छ।’

केहीदिन अघि भारत सरकारले राष्ट्रिय शिक्षा नीति लागू गरेर देशभरका शिक्षकहरुसँग सुझाव मागेको जसअन्तर्गत १५ लाख भन्दा बढी सुझाव आएको भन्दै मोदीले ती सुझावहरुका साथ शिक्षा नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धतासमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell