PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रिया चक्रवर्तीको जमानत खारेज, १४ दिनसम्म थुनामै बस्नुपर्ने



पहिलोपोस्ट

रिया चक्रवर्तीको जमानत खारेज, १४ दिनसम्म थुनामै बस्नुपर्ने
PHOTO : aajtak

बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा मुख्य आरोपी रिया चक्रवर्तीलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ।

जमानतका लागि उनका वकिल सतीश मानशिंदेले मुम्बई सेसन कोर्टमा निवेदन दिएका थिए। उक्त निवेदनलाई खारेज गर्दै अदालतले जमानत नदिएको हो। अब रिया १४ दिन नै थुनामा बस्नुपर्नेछ।

सुशान्त प्रकरणमा ड्रग्स सेवन तथा ओसारपसारमा संलग्नता देखिएको भन्दै नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई नियन्त्रणमा लिएको थियो। तीन दिनको सोधपुछपछि नियन्त्रणमा लिएको एनसीबीले अदालतबाट अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अनुमति पायो। त्यसयता उनका वकिलले जमानतका लागि प्रयास गर्दैछन्। 

रियासहित उनका भाई शोविक र सम्पर्कमा रहेका गरी ६ जना अहिले एनसीबीको नियन्त्रणमा छन्। उनीहरु सबैको जमानतका लागि निवेदन परेकोमा अदालतले सबै खारेज गरिदिएको हो।

सेसन कोर्टको निर्णयपछि रियाका वकिलले जमानतका लागि हाई कोर्ट जाने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell