बलिउड संगीतकर्मी एआर रहमानलाई आयकर विभागले कर छलीको आरोप लागाएको छ। विभागले मद्रास उच्च अदालतमार्फत् रहमानलाई पत्र समेत पठाएको हो।
संगीतकर्मीले कमाइको ३ करोड ४७ लाख आफ्नै सहयोगार्थ कोषमा पठाएर आयकर छलेको विभागको आरोप छ। टाइम्स अफ इन्डियाले जनाएअनुसार आयकरको आइटी विभागले रहमानको सन् २०११ र २०१२ को कर दाखिला शंकास्पद् पाएको थियो।
विभागका अनुसार उनले बेलायती टेलिकम कम्पनी, लिब्रा मोबाइल्सका लागि रिङ्टोन बनाएर ठूलो रकम कमाएका थिए। सन् २०११ मा कम्पनीका लागि उनले विशेष संगीतहरू कम्पोज गर्ने सम्झौता भएको थियो। सम्झौतामा उनले रकम सिधैं कोषको खातामा पठाउन भनेका थिए। काम गरे बापत् आएको रकमको कर तिर्नुअघि कोषमा पठाउन नहुने प्रावधान छ।
अस्कर विजेता रहमान सन् १९९५ मा फिल्म 'रंगिला'मार्फत् हिन्दी फिल्म क्षेत्रमा प्रवेश गरेका थिए।
